Image

वि.सं. २०६२ सालमा स्थापित वैदिक प्रज्ञा प्रतिष्ठान नेपालको विधानको उद्देश्य बमोजिम संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक पं. कृष्णप्रसाद दुवाडीको नेतृत्वमा तत्कालीन कार्यसमितिका पदाधिकारीहरु उपाध्यक्ष श्री लिलाकान्त खनाल, सचिव श्री केदार कुशल, कोषाध्यक्ष एकराज रेग्मी, सह–सचिव बलराम भट्टराई सदस्यहरु श्री हरिविलास खनाल, श्री थानेश्वर लम्साल समेत भई संस्थाको मुष्ठी दाता आजीवन सदस्य संख्या विस्तार गरी १२६ सदस्यहरुबाट प्राप्त मुष्ठीदानको अन्न सदस्यता शुल्कको रकमबाट ७ जना विद्यार्थी बटुक एकजना संस्थापक प्राचार्य श्री वैकुण्ठ अधिकारीलाई नियुक्त गरी आवास र भोजनका साथै पठनपाठनको व्यवस्था मिलाएर श्रीराम मन्दिर र.न.पा.–१३, जयमंगलामा श्रीराम मन्दिर समितिको सहकार्यमा यस गुरुकुलम्को स्थापना वि.सं. २०६३ सालको श्रीपञ्चमीका दिन गरिएको हो । कक्षा ६ को अनुमति शिक्षा मन्त्रालयबाट लिई सञ्चालन गरिएको गुरुकुलम्लाई सदस्य संख्या विस्तार गर्नुका साथै मुष्ठीदान सहयोग र अन्य चन्दा दान सहयोग सङ्कलन विस्तार गरी विद्यार्थी संख्या र शिक्षक संख्या थप गर्दै वि.सं. २०७२ सम्मा कक्षा १० को सञ्चालन स्वीकृति प्राप्त गर्न सफल भयो । यस प्रकृयामा गुरुकुलम् व्यवस्थापन समितिका अध्यक्ष श्री ठाकुरप्रसाद लामिछानेज्यूको योगदान अविष्मरणीय छ । वि.सं. २०७२ मा संस्थाको १० औं अधिवेशनबाट श्री भेषराज दुवाडीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएपछि गुरुकुलमको शैक्षिक, भौतिक, प्रशासनिक तथा आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आएको छ । गुरुकुलमले कक्षोन्नती गर्दै कक्षा १२ सम्मको स्वीकृति प्राप्त गरेको छ भने विद्यार्थी संख्या अनुरुप शिक्षकहरुको व्यवस्था र गुरुकुलम्को लागि भव्य विद्यापीठ भवन २०७३ मा गुरुकुल तथा राममन्दिरको संयुक्त आयोजनामा गुरुकुललाई विद्यापीठ र राममन्दिर परिसरलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्यले आयोजना गरिएको वृहत् धनधान्याचल यज्ञबाट संकलित रकमले निर्माण कार्य भइरहेको छ । यसै सन्दर्भमा प्रदेश नं. ३ सरकारबाट गुरुकुलम्को भौतिक पूर्वाधार तथा निर्माण कार्यका लागि यसै आर्थिक वर्षमा रु. ५०,००,०००।– विनियोजित भएको र उक्त रकमबाट निर्माण कार्य अगाडी बढिरहेको छ । हाल यहाँ कक्षा ६ देखि १२ सम्म ७० जना विद्यार्थीहरु भोजन आवास सहित निःशुल्क रुपमा वेद विद्याश्रमको धार्मिक शिक्षाका साथै आधुनिक शिक्षा समेत अध्ययन गरिहेका छन् र ७ जना शिक्षक कर्माचारीहरु कार्यरत छन् । हाल यस संस्थाको आजीवन सदस्य संख्या १२०० भन्दा माथि पुगेको छ । स्थानीय व्यापारीहरु, उद्योगपतिहरु, धर्मप्रेमी महानुभावहरु, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु र सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट समेत सहयोग प्राप्त गरेर गुरुकुल आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहेको छ । यसै क्रममा गैरआवसीय नेपाली संघको तर्फबाट श्री सोम सापकोटा र श्री जीवा लामिछानेज्यूको पहलकदमीमा पाँचथान कम्प्युटर सहितको ई. लाइब्रेरी र १०० थान धार्मिक पुस्तकहरु समेत मिति २०७३ मंसिर २३ गते स–धन्यवाद प्राप्त भई उपयोगमा आइ सकेको छ । स्वदेश तथा विदेशमा रहनुहुने धर्मप्रेमी दयालु दाताहरुको हार्दिकतापूर्ण सहयोग प्राप्त गरेर यस गुरुकुलम्ले सम्वृद्धिको यात्रामा फड्को मारिरहेको सन्दर्भमा थप विकास निर्माणका लागि सहयोगी दाताहरुको अपेक्षा गरिन्छ ।

गुरुकुलम्का उद्देश्यहरुः

  • वैदिक सनातन धर्म संस्कृत भाषा र नेपाली मौलिक संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने,
  • समाजमा नैतिक जागरण ल्याउन सक्ने चरित्रवान्, निष्ठावान्, आदर्श नागरिक तयार गर्ने,
  • हिन्दूत्वको रक्षा गर्दै सोह्र संस्कारको मूल्य र मान्यताको मर्म बुझी कर्मकाण्ड संस्कार सम्पन्न गर्न सक्ने धार्मिक जनशक्ति उत्पादन गर्ने,
  • विश्वबन्धुत्वको भावना फैलाएर नेपालको गौरव बढाउन सक्ने प्राचीन तथा आधुनिक शिक्षाविद् तयार गर्ने,
  • पितृ उद्धार हेतु तर्पण श्राद्ध तथा देवयज्ञ पूजा प्रार्थना रुद्राभिषेक होम गर्ने, जन्मोत्सव, विवाह वर्षगाँठ र अन्य उत्सव मनाइने,

 

कार्य समितिको नामवाली

 क्र.सं. पद नाम, थर सम्पर्क नं.
१. अध्यक्ष श्री भेषराज दुवाडी ९८५५०६०९९२
२. उपाध्यक्ष श्री ठाकुरप्रसाद लामिछाने ९८४५०७८५६२
३. उपाध्यक्ष श्री कृष्ण सापकोटा ९८४५४४७६१९
४. उपाध्यक्ष श्री एकराज रेग्मी ९८४५४३२२०२
५. सचिव श्री टोमराज भट्टराई ९८५५०६२९०२
६. कोषाध्यक्ष श्री कृष्णमोहन कायस्थ ९७४५००५२८८
७. सह–सचिव श्री सन्तोष चन्द्र घिमिरे ९८४५२७४२७७
८. सदस्य श्री चूडामणि धमला ९८४५५६५९११
९. सदस्य श्री हरिबहादुर खड्का ९८४५०९२१८९
१०. सदस्य श्री कल्पना कँडेल (भगवती) ९८६५००८६८६
११. सदस्य श्री भवानी भारती ९८४५५२३८०१
१२. सदस्य श्री चिजन बस्नेत ९८४५२१७५१७
१३. सदस्य श्री पार्वती घिमिरे ९८४५०८३५६५
१४. सदस्य श्री तारा रिमाल ९८४५७१७९२२
१५. सदस्य श्री सबिता आचार्य ०५६–५६०३९५
१६. सदस्य श्री राजेन्द्रबहादुर भण्डारी ९८५५०५६४११
१७. सदस्य श्री विदुरप्रसाद सुवेदी ९८६५०४०८८३

 

गुरुकुल सञ्चालन प्रक्रियामा गर्न सकिने विभिन्न सहयोग शीर्षकहरुः


१. मूल अक्षयकोष: यथासक्य
२. ब्राह्मण भोजन अक्षयकोष: रु. २५,०२५।– देखि माथि
३. भवन निर्माण : नयाँ भवनमा कोठा निर्माण ११,००,०००।– हवन कुण्ड ८,००,०००।–
४. ब्राह्मण भोजन : साधारण रु. ३०००÷मिष्ठान्न रु. ५००५ देखि
५. मुष्ठीदान सहयोग : दैनिक गरिने दान आजीवन बनेर
६. जन्मोत्सव भोजन सहयोग : ब्राह्मण भोजन अन्तर्गतकै....
७. मासिक सहयोग : रु. ३,००,०००।–
८. १ दिन भरको सहयोग : १०,०००।–
९. पितृ श्राद्ध स्वरुप भोजन : ५,००५।–

कुक्षौ तिष्ठति यस्यान्नं विद्याभ्यासेन जीर्यते ।
पुत्राणि तारयेत् तस्य दशः पूर्वान् दशापरान् ।।
जसले दान दिएको अन्न ग्रहण गरेर सत्पात्र ब्राह्मणहरुले वेद अध्ययन
अध्यापन गर्दछन् त्यस्ता दाताको अघि पछिका दस दस पुस्ताका पितृहरुको
उद्धार हुन्छ भनी शास्त्रमा उल्लेख छ ।
भुक्त्वान्नं वेदविद् विप्रो वेदाभ्यासं करोति वै ।
क्रीडन्ति पूर्वजाः तस्य स्वर्गे प्रमुदिताः किल ।।
श्रीमद्देवीभागवत ३।१०।४३
भावार्थः—दाताका अन्न खाएर ब्राह्मणले वेद पढ्छ भने तिनका
पितृहरू स्वर्गमा आनन्द मानेर रमाउँछन् ।


क्र.सं. पद नाम सम्पर्क नं.
१. प्राचार्य बैकुण्ठ अधिकारी ९८४५१८३२६३
२. सह–प्राचार्य रामकृष्ण दुवाडी ९८४५०४३७६१
३. शिक्षक मेघनाथ अधिकारी ९८४५१५२०३३
४. शिक्षक सरोज दुवाडी ९८६१२४१५५२
५. शिक्षक दिनेश ढकाल ९८४५८०३०२०
६. शिक्षक विनय दुवाडी ९८६०००४८८७

विद्यार्थी भर्ना प्रक्रिया


–कक्षा ५ पासगरेका विद्यार्थीका लागि प्रवेश परीक्षामा पास गरी कक्षा ६ मा भर्ना हुन सक्ने छन् ।
–संस्कृत मा.वि. वा गुरुकुलम्मा अध्ययन गरी आउने विद्यार्थीको हकमा संस्कृत कुनै पनि कक्षाको प्रवेश परीक्षा पास गरी
भर्ना हुन सक्ने छन् ।

*** निःशुल्क अध्ययनको व्यवस्था । ***