हाम्रोबारेमा

Image

वि.सं. २०६२ सालमा स्थापित वैदिक प्रज्ञा प्रतिष्ठान नेपालको विधानको उद्देश्य बमोजिम संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक पं. कृष्णप्रसाद दुवाडीको नेतृत्वमा तत्कालीन कार्यसमितिका पदाधिकारीहरु उपाध्यक्ष श्री लिलाकान्त खनाल, सचिव श्री केदार कुशल, कोषाध्यक्ष एकराज रेग्मी, सह–सचिव बलराम भट्टराई सदस्यहरु श्री हरिविलास खनाल, श्री थानेश्वर लम्साल समेत भई संस्थाको मुष्ठी दाता आजीवन सदस्य संख्या विस्तार गरी १२६ सदस्यहरुबाट प्राप्त मुष्ठीदानको अन्न सदस्यता शुल्कको रकमबाट ७ जना विद्यार्थी बटुक एकजना संस्थापक प्राचार्य श्री वैकुण्ठ अधिकारीलाई नियुक्त गरी आवास र भोजनका साथै पठनपाठनको व्यवस्था मिलाएर श्रीराम मन्दिर र.न.पा.–१३, जयमंगलामा श्रीराम मन्दिर समितिको सहकार्यमा यस गुरुकुलम्को स्थापना वि.सं. २०६३ सालको श्रीपञ्चमीका दिन गरिएको हो । कक्षा ६ को अनुमति शिक्षा मन्त्रालयबाट लिई सञ्चालन गरिएको गुरुकुलम्लाई सदस्य संख्या विस्तार गर्नुका साथै मुष्ठीदान सहयोग र अन्य चन्दा दान सहयोग सङ्कलन विस्तार गरी विद्यार्थी संख्या र शिक्षक संख्या थप गर्दै वि.सं. २०७२ सम्मा कक्षा १० को सञ्चालन स्वीकृति प्राप्त गर्न सफल भयो । यस प्रकृयामा गुरुकुलम् व्यवस्थापन समितिका अध्यक्ष श्री ठाकुरप्रसाद लामिछानेज्यूको योगदान अविष्मरणीय छ । वि.सं. २०७२ मा संस्थाको १० औं अधिवेशनबाट श्री भेषराज दुवाडीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएपछि गुरुकुलमको शैक्षिक, भौतिक, प्रशासनिक तथा आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आएको छ । गुरुकुलमले कक्षोन्नती गर्दै कक्षा १२ सम्मको स्वीकृति प्राप्त गरेको छ भने विद्यार्थी संख्या अनुरुप शिक्षकहरुको व्यवस्था र गुरुकुलम्को लागि भव्य विद्यापीठ भवन २०७३ मा गुरुकुल तथा राममन्दिरको संयुक्त आयोजनामा गुरुकुललाई विद्यापीठ र राममन्दिर परिसरलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्यले आयोजना गरिएको वृहत् धनधान्याचल यज्ञबाट संकलित रकमले निर्माण कार्य भइरहेको छ । यसै सन्दर्भमा प्रदेश नं. ३ सरकारबाट गुरुकुलम्को भौतिक पूर्वाधार तथा निर्माण कार्यका लागि यसै आर्थिक वर्षमा रु. ५०,००,०००।– विनियोजित भएको र उक्त रकमबाट निर्माण कार्य अगाडी बढिरहेको छ । हाल यहाँ कक्षा ६ देखि १२ सम्म ७० जना विद्यार्थीहरु भोजन आवास सहित निःशुल्क रुपमा वेद विद्याश्रमको धार्मिक शिक्षाका साथै आधुनिक शिक्षा समेत अध्ययन गरिहेका छन् र ७ जना शिक्षक कर्माचारीहरु कार्यरत छन् । हाल यस संस्थाको आजीवन सदस्य संख्या १२०० भन्दा माथि पुगेको छ । स्थानीय व्यापारीहरु, उद्योगपतिहरु, धर्मप्रेमी महानुभावहरु, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु र सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट समेत सहयोग प्राप्त गरेर गुरुकुल आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहेको छ । यसै क्रममा गैरआवसीय नेपाली संघको तर्फबाट श्री सोम सापकोटा र श्री जीवा लामिछानेज्यूको पहलकदमीमा पाँचथान कम्प्युटर सहितको ई. लाइब्रेरी र १०० थान धार्मिक पुस्तकहरु समेत मिति २०७३ मंसिर २३ गते स–धन्यवाद प्राप्त भई उपयोगमा आइ सकेको छ । स्वदेश तथा विदेशमा...पुरा पढ्नुहोस